सिसिटिभी फुटेजमा सन्दीप र नाबालिग सँगै देखिए

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथिको बलात्कार आरोपबारे अनुसन्धानकै क्रममा बुधबार प्रहरीले काठमाडौं इन होटलको सिसिटिभी फुटेज संकलन गरेको छ ।
प्रहरी स्रोतका अनुसार नाबालिगले दाबी गरेकै समयमा दुवै जना होटलभित्र प्रवेश गरेको र बिहान ६ बजे बाहिरिएको देखिएको छ । तर होटलको अतिथि पुस्तिकामा भने उनीहरूको नाम नभेटिएको प्रहरी स्रोतले जनाएको छ ।
उता होटल व्यवस्थापनले सन्दीप नियमित ग्राहक भएकाले फोन सम्पर्ककै आधारमा कोठा दिएकाले नाम दर्ता छुटेको हुन सक्ने प्रहरीलाई बयान दिएको छ ।
यसबाहेक हालसम्मको प्रहरी अनुसन्धानमा सन्दीपले ती किशोरीलाई पुरानो बानेश्वरबाट आफ्नै गाडीमा राखेर नगरकोट पु¥याएको र त्यहाँ आफू सधैँजसो जाने रिसोर्टमा राति ११ बजेसम्म बसेको देखिएको अनुसन्धानमा संलग्न एक अधिकारीले जानकारी दिए ।
त्यसपछि त्यहाँबाट सिनामंगल बास बसेर बिहान फेरि ६ बजे होटलबाट बाहिरिए सिधै होस्टलबाहिर किशोरीलाई छाडेर सन्दीप फर्किएको देखिएको छ ।

नागरिक दैनिकबाट