सन्दीप भन्छन् : स्तब्ध छु, केही दिनमा स्वदेश फर्कन्छु

काठमाडौं / बालिका करणी गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टिमका कप्तान आफू निर्दोष भएको र नेपाल चाडै फर्कने बताएका छन् । सामाजिक सन्जालमा लेख्दै सन्दीपले आफू स्तब्ध भएको र केही दिनमा सिपिएल छोडेर स्वदेश फर्कने बताए । “म स्तब्ध छु र राख्छु, नेपालको कानुनलाई पूर्ण विश्वास गर्दै सिपिएल छाडेर केही दिनमै नेपाल फर्कदै छु । म यो आधारहीन आरोपको सामना गर्न तयार छु । आशा छ कि कानुनले सबैलाई बराबर न्याय दिनेछ“ सन्दीपले लेखेका छन् ।

गत भदौ ५ गते सन्दीपले १७ वर्षे किशोरी करणी गरेको नेपाल पुलिसमा उजुरी परेको थियो । यसपछी अदालतले बिहिवार मात्रै उनलाई पक्राउ पूर्जी आदेश दिएको छ । यता, बिहिवार नै नेपाल क्रिकेट संघ क्यालले सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको छ ।