ठूलो पानी पर्ने सम्भावना

भारतको हिमाञ्चल प्रदेशबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण आज राति पनि बाग्मती प्रदेश, प्रदेश १ र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । बाँकी ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो ।
। जलवाष्पयुक्त हावाको प्रभावका कारण आज र भोलि मध्य र पूर्वी क्षेत्रमा धेरै पानी पर्ने सम्भावना छ भने पर्सि शनिवारदेखि भने सुदूरपश्चिम क्षेत्रमा पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।
यसैबीच देशका केही नदी तथा खोलामा पानीको बहाव बढ्दो क्रममा रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।