डा. शर्माद्वारा सञ्चालित शिविरमा बेलवारीका १४३ जेष्ठ नागरिकको मुटु तथा फोक्सो रोगको निःशुल्कउ पचार

मोरङ, । विराटनगरको नोबेल शिक्षण अस्पतालका सञ्चालक डा. सुनिलशर्माले मोरङको बेलवारी नगरपालिकामा जेष्ठ नागरिकहरुकालागिनिःशुल्क स्वास्थ्यशिविर सञ्चालन गराएका छन् । मंगलवार सञ्चालितशिविरमाबेलवारीका १४३जना जेष्ठ नागरिकको मुटु तथाफोक्सो रोगको निःशुल्कउपचार गरिएको छ ।
नोबेल अस्पतालका मुटुरोग विशेषज्ञ डा. राजेश नेपालसहितका डाक्टरहरुको टोलीले जेष्ठ नागरिकहरुको मुटु तथाफोक्सो रोगको परीक्षण गरेको हो । शिविरमा३९जना जेष्ठ नागरिकको इसीजी, ५३ जनाको रक्त परीक्षण, ३१ जनाको भिडियो एक्सरे र १२९ जनाको ईकोगरिएको छ ।
शिविरमा स्वास्थ्य परीक्षण गर्दा ५५ जनाको मुटु तथाफोक्सोमा समस्या देखिएपछि उनीहरुलाई अस्पताल रेफर गरिएको नोबेलकाप्रबन्धक नारायण दाहालले जानकारी दिए । उनकाअनुसार रेफर गरिएका बिरामीलाई बुधवार नोबेल अस्पतालकै बसद्वारा अस्पताल पुर्याउने र उपचारपश्चात घरसम्मल्याउने व्यवस्थामिलाइएको छ । उनीहरुलाई नोबेलमानिःशुल्कउपचार गरिनेछ ।
नोबेलले मोरङका विभिन्नपालिकाका जेष्ठ नागरिकको मुटु तथाफोक्सो रोगको निःशुल्कउपचार गरिरहेको छ । सोहीक्रममा२४ गते पथरी–४ सोमबारे, २८ गते बेलवारी–११ लक्ष्मीमार्ग, ३१ गते बेलवारी–९ डाँगीहाटमा शिविर सञ्चालनगरिने नोबेल अस्पतलाले जनाएको छ ।