मैदाको भाउ किलोको ७२ पुग्यो, वाइवाइको मूल्य २५ रुपैयाँ पुर्‍याउँदै

देशमा गहुँ र गहुँका उत्पादनको अभाव सँगसँगै चाउचाउ, नुडल्स र बिस्कुट उद्योगले आफ्नो उत्पादन कटौती गर्न थालेका छन्।बजारमा उचित मूल्यमा भनेजति मैदा नपाएपछि मैदामा आधारित उद्योगले उत्पादन घटाएका हुन्।
त्बत्ब
न्यिदब िक्ष्mभ
च्ष्ममजष् कष्ममजष् ऋझभलत
चाउचाउ सेग्मेन्टमा नेपालकै ठूलो खेलाडी चौधरी समूहले आफ्नो उत्पादन ‘वाइवाइको उत्पादनमा २० प्रतिशतले कटौती गरिसकेको छ। समूहका ग्लोबल सीइओ जीपी साहले १० दिनयता वाइवाइको उत्पादनमा २० प्रतिशतले कटौती गरिएको जानकारी दिएका हुन्।

समूहले केही समय अघि वाइवाइ चाउचाउको तौल १५ ग्राम घटाएर मूल्य २० रुपैयाँ पु¥याएको थियो। मैदाको मूल्य बढेपछि चाउचाउ प्याकेटमा ५ रुपैयाँ बढाउने तयारी यो समूहले गरिरहेको छ। हाल विदेशमा रहेका सीइओ साहले बिजमाण्डूसँगको कुराकानीमा भनेका छन्, ‘अवस्था यही रहिरहेमा ६० ग्रामको वाइवाइको मूल्य २५ रुपैयाँ नबनाई सुख छैन। मैदाको अभाव र मूल्यवृद्धिसँगै उत्पादन लागतमा अत्यन्त वृद्धि भएको छ। हामीलाई चाउचाउको मूल्य बढाउन दबाब परिरहेको छ।’

उनले भारत सरकारले पिठो, मैदा र सुजीजस्ता अत्यावश्यक खाद्यसामग्रीको मूल्य बढ्न नदिन निर्यातमा रोक लगाएको चर्चा गरे। ग्लोबल सीइओ साहको भनाइ छ, ‘तर नेपाल सरकारले गहुँको आयातका लागि भारत सरकारसँग प्रभावकारी तरिकाले पहल गरेन। पिठो र मैदाजस्तो सधैँ चाहिने वस्तुको मूल्य नियन्त्रण हुन सकेन भने आगामी चुनावमा सरकारलाई गाह्रो पर्छ।’

नेपालमा वाइवाइका भैँसेपाटी, नवलपरासी, सुनसरीको इनरुवा र बर्दिया गरी ४ ठाउँमा कारखाना छन्। साहले नेपालमा मैदाको कालोबजारी सुरु भइसकेको जिकिर गरे। तर आफ्नो उद्योगले कालो बजारबाट मैदा खरिद नगरेको दाबी गरे।

भैरहवास्थित करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सका सञ्चालक कमल मालपानीले आफ्नो उद्योगले एक हप्तायता एक तिहाइले उत्पादन कटौती गरिरहेको जानकारी दिए। उद्योगी मालपानीले करेन्ट चाउचाउका ३ मेसिनमा १ मेसिन बन्द गरिएको र २ वटा मात्र सञ्चालनमा ल्याएको बताए।

उनले आफ्नो उद्योगको दैनिक उत्पादन क्षमता ६० टन भएको उल्लेख गर्दै एक हप्तायता ४० देखि ४२ टनमा सीमित भएको बताए। ‘बजारबाट ५० करोड रुपैयाँ उठाउन बाँकी छ’, मालपानीले भने, ‘उत्पादन बजारमा पठाएन भने बजारबाट बाँकी रकम आउँदैन। मैदाका अभावले बजारमा मागबमोजिमको उत्पादन पठाउन कठिन भइरहेको छ।’

उनले भारतबाट गहुँ र मैदाको आयात खुलाउन नेपालका प्रधानमन्त्रीले भारतका समकक्षीसँग तुरुन्त टेलिफोनमा संवाद गर्नुपर्ने आग्रह गरे। उनले बजारमा मैदाको उपलब्धता दिनप्रतिदिन खराब भइरहेको बताए।

‘दसैँका मुखमा उद्योग बन्द गरेर श्रमिकलाई बिदा दिनुपर्यो भने के हाल होला?’, मालपानीको प्रश्न छ, ‘हाम्रो चाउचाउ युनिटमा मात्र ७ सय कामदार छन् । उनीहरूले कसरी दसैँ मनाउलान्? हाम्रो अवस्था के होला?’

सुनसरीमा रमपम चाउचाउका उत्पादक एसियन थाई फुड्स र गुडलाइफ बिस्कुटका उत्पादक एसियन बिस्कुटका सञ्चालक महेश जाजूले पनि मैदाको उपलब्धता दिनप्रतिदिन नाजुक भइरहेको बताए। उनले यही अवस्था विद्यमान रहेमा एक हप्तापछि उनका बिस्कुट र चाउचाउ दुबै उद्योगले उत्पादन घटाउन बाध्य हुनुपर्ने उल्लेख गरे।

जाजूले आफूसँग एक हप्ता पुग्ने मैदा भएको चर्चा गर्दै एक हप्तापछिलाई जोगाड गर्न मुस्किल भइरहेको सुनाए। उद्योगी जाजूले उनको चाउचाउ उद्योगलाई दैनिक १ सय र बिस्कुट उद्योगलाई दैनिक २५ टन मैदा आवश्यक पर्ने स्पष्ट पारे।

‘पहिलो कुरा त भाउमा मनपरी छ’, जाजूले भने, ‘भारतमा प्रतिकिलो मैदाको मूल्य भारु २९ छ। यता नेपालमा पूर्वको बजारमा नेरु ७२ बनाइसके। यो मूल्यमा पनि भनेजति मैदा पाइँदैन। भारत र नेपाल गरेर मैदाको मूल्यमा प्रति किलो २६–२७ रुपैयाँको अन्तर आइसकेको छ। यसले गर्दा हाम्रो प्रतिस्पर्धी क्षमता पनि खस्किएको छ र उत्पादन लागत बढेको छ।’

उनले नेपाल सरकारले मैदा र गहुँको आयातलाई अत्यन्त प्राथमिकतामा राखेर भारतसँग कूटनीतिक पहल बढाउनु पर्ने धारणा प्रकट गरे। जाजू भन्छन्, ‘दसैंतिहार र छठका वेलामा चाउचाउको विक्री बढ्छ। तर यही वेला भनेजति उत्पादन गर्न सकिएन भने त्यसले वर्षभरिको ब्यालेन्स सिटलाई असर पुर्याउने निश्चित छ।’

नेपाल उद्योग परिसंघ (सीएनआई)का प्रदेश नम्बर १ का वरिष्ठ उपाध्यक्ष एवम् क्वालिटी नुडल्स र क्वालिटी बिस्कुटका उत्पादक नबलकिशोर काबराले सरकारले भारतसित कूटनीतिक पहल गरेर फास्ट ट्रयाकबाट मैदा ल्याउनु पर्ने माग गरे।

उद्योगी काबराले बिजमाण्डूलाई भने, ‘नेपालको उद्योग मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई र परराष्ट्रले भारतको विदेश मन्त्रालयलाई पत्र लेख्ने काम त ३ हप्ताअघि नै भइसकेको छ। तर त्यसको परिणाम केही आएको छैन। त्यसैले नेपाल सरकारले फास्ट ट्रयाक अपनाउनु जरुरी छ।’

काबराले आफ्ना दुबै उद्योगलाई गरी दैनिक ७५ टन मैदा आवश्यक पर्ने जानकारी दिए। उनी भन्छन्, ‘यही अवस्था रहिरहेमा मुस्किलले १० दिन उद्योग चलाउन सकिएला। दसैँअगाडि बिस्कुट र चाउचाउ दुबै उद्योग बन्द गर्नुपर्लाजस्तो छ।’

उद्यमी नबलले विराटनगरका उद्योगी–व्यवसायीले २ हप्ताअघि भारतीय राजदूतलाई भेटेर गहुँ र मैदाको अभावको समस्या दर्साएको स्मरण गरे। त्यस्तै उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुलाई पनि व्यवसायीले पटकपटक भेटेर अनुरोध गरेको सुनाए।

‘भेटका बेलामा राजदूतले अब २ हप्तामा मैदा र गहुँको आयात सुरु हुन्छ भन्ने आश्वासन हामीलाई दिनुभएको थियो’, उनले गुनासो गरे, ‘राजदूतले भनेका २ हप्ता बितिसकेका छन्। समस्या ज्युँका त्युँ छ।’

उद्योग संगठन मोरङका कोषाध्यक्ष एवम् बुलेट चाउचाउका उत्पादक क्वालिटी थाई फुड्सका सञ्चालक विपिन काबराले नेपाल सरकारले हेल्चेक््रयाइँ गरेका अहिलेको अवस्था आएको आरोप लगाए। कोषाध्यक्ष काबराका अनुसार उनको उद्योगले पनि एक तिहाइले उत्पादन कटौती गरिसकेको छ।

‘चाउचाउ उत्पादन नगरी उद्योग बन्द गरेर बसूँ भने बजारबाट उधारो उठ्तैन’, काबराले सुनाए, ‘अहिलेका मूल्यमा मैदा खरिद गरेर उद्योग चलाऊँ भने घाटाबाहेक केही छैन। यस्तो दोहोरो मारमा कसरी औद्योगिक वातावरण सहज हुनसक्छ?’ मैदाका अभावले गाउँसहरका साना घरेलु नुडल्स उद्योग पनि प्रभावित भएका छन्।

उद्योग संगठन मोरङका कार्यकारी सदस्य एवम् एमएनएम चाउमिन उद्योगका सञ्चालक प्रतिभा रिजाल ओलीले अहिले नुडल्स उद्योगलाई मैदा खाऊँ भने दिनभरिको सिकार नखाऊँ भने कान्छा बाबुको अनुहारजस्तो भएको प्रतिक्रिया दिइन्।

‘पहिलो त, मैदा उद्योगको व्यवस्थापनसित मैदा माग्यो भने छैन भन्ने ठाडो उत्तर आउँछ’, उद्यमी रिजाल ओलीले सुनाइन्, ‘धेरै अनुरोध गरेपछि मूल्यमा दायाँबायाँ हुँदैन, पैसा तिर्नूस् मैदा लैजानूस् भन्छन्। दुई महिनामै मैदाको मूल्य किलोको ४५ रुपैयाँबाट ७२ पुगिसक्यो। हामीले उत्पादनको मूल्य बढाउने अवस्था छैन। के गर्ने के नगर्ने हामी अन्यौलमा छौँ।’

रिजालका अनुसार मोरङमा मात्र चाउमिनका ५० भन्दा बढी घरेलु उद्योग छन्। सबै उद्योगको अवस्था यति वेला कच्चा पदार्थका अभावमा नाजुक भएको छ।

भारत सरकारले गत वैशाख ३० मा गहुँको निर्यातमा रोक लगाएको थियो। त्यसपछि असार २८ मा मैदा, पिठो र सुजीको निर्यात मन्त्रीस्तरीय सिफारिसबाट मात्र गर्न सकिने सूचना जारी गर्यो। भदौ ११ देखि त भारत सरकारले मैदा, पिठो र सुजीको निर्यातमा पूर्ण बन्देज लगाइसकेको छ।
bizmandu बाट




Leave a Reply

Your email address will not be published.