सुन्दरहरैंचामा कृषिमा अनुदान

विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकाले किसानलाई विभिन्न शीर्षकमा अनुदान उपलब्ध गराउने भएको छ । आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत इच्छुक किसान, कृषि फर्म तथा कृषि सहकारीलाई विभिन्न शीर्षकमा अनुदान वितरण गर्न मंसिर ८ गते ३० दिने सूचनासमेत प्रकाशित गरेको छ ।

जसमा किसानहरुलाई ५० प्रतिशत अनुदानमा पावर कर्न सेलर, सिङ्गल ट्युब, रिपर, पावर स्पेयर र मटर स्पेयर, तरकारी खेतीको लागि ग्रिन नेट÷ एग्रो नेट÷ प्लाष्टिकमा ५० प्रतिशत अनुदान दिने नगरपालिकाको कृषि शाखाले जनाएको छ ।

यसैगरी, प्राङ्गारिक तरकारी खेती प्रबद्र्धनसम्बन्धी कार्यक्रम गर्ने नगरपालिकाले जनाएको छ ।