एम्बुलेन्स चालकलाई कुटेको आरोपमा सञ्चारकर्मी पक्राउ, एम्बुलेन्स चालकद्वारा प्रदर्शन

दुहबीः हिजो साँझ इटहरी– ५ का एम्बुलेन्स चालक गोपाल निरौलालाई बिनाकारण कुटेको भन्दै प्रहरीले दुहबीका चन्दन रौनियारलाई पक्राउ गरेको छ । उनी स्थानीय सञ्चारकर्मी पनि हुन् ।

प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका रौनियारको कुटाइबाट पीडितको करङ भाँचिएको छ । उनको विराटनगरमा उपचार भइरहेको छ ।

कुटपिटको विरोधमा एम्बुलेन्स चालकले आज दुहबीमा एम्बुलेन्ससहित प्रदर्शन गर्दै रौनियारमाथि कडा कारवाही हुनुपर्ने माग गरेका छन् ।