विराटनगर । विराटनगरस्थितनोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिलशर्माले सञ्चालन गराएको एम्बुलेन्स क्याम्पवाट गत साउनमहिनामामोरङको क्षेत्र नं.३ का १५ हजार भन्दा बढी विरामीलाभान्वितभएका छन् । क्षेत्र नं.३ मा पर्ने बेलबारी, सुन्दरहरैंचा, पथरीशनिश्चरे र कानेपोखरीमा सञ्चालितएम्बुलेन्स क्याम्पबाट साउनमहिनाभरमा १५ हजार २ सय ५० विरामीको निःशुल्कउपचार गरिएको नोबेल अस्पतालले जनाएको छ ।
सो अवधिमा२ हजार ८ सय ७२ जनाको रक्त परीक्षण,२ हजार ३ सय ८१ जनाको भिडियो एक्सरे र १ हजार ४ सय ७९ जनाको मुटुको जाँचइसीजीगरिएको नोबेल अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिए । उनकाअनुसार दाँतमा समस्याभएका ८ सय १३ जनाको दाँतखोलिएको छ । यता, एम्बुलेन्स क्याम्पमाउपचार सम्भव नभएका७हजार ४ सय ३२ विरामीलाई नोबेल अस्पतालमा ल्याएर उपचार गरिएको छ । जसमध्ये ३ सय १३ जनाको शल्यक्रियागरिएको छ ।विरामीहरुलाई अस्पताल ल्याउँने र पुर्र्याउँने व्यवस्थापनिनोबेल अस्पतालले नै मिलाएको छ ।
यसअघिगतअसार महिनामाएम्बुलेन्स क्याम्पबाट १४ हजार ५ सय ६३ बिरामीले निःशुल्कउपचार पाएकाथिए । गाउँ–गाउँमानिःशुल्क स्वास्थ्यशिविर सञ्चालनगर्दै आएको नोबेलले केहीमहिनायता स्वास्थ्यशिविरसँगै एम्बुलेन्स क्याम्पपनिसञ्चालनथालेको हो । बेलबारी–४ स्थायी घर भएका डा.शर्मा नेपालीकांग्रेसका नेतासमेत हुन् । गतप्रतिनिधिसभानिर्वाचनमा पराजितभएका डा.शर्मा चुनावहारेर पनिनिरन्तर जनताको सेवामा सक्रिय छन् । उनले आफ्नो निर्वाचन क्षेत्रकाजनतालाई निःशुल्कउपचारको व्यवस्थामिलाउँन ‘एम्बुलेन्स क्याम्प’ सञ्चालन गराएकाहुन् ।
शनिवारबाहेक हरेक दिनदुई टोली डाक्टरहरु एम्बुलेन्स लिएर टोलटोलमापुगीत्यहाँ रहेका बिरामीहरुको उपचार गर्ने गरेका छन् । भिडियो एक्सरे, ल्याब टेष्ट र इसीजीत्यहीं गर्ने गरिएको छ । त्यहाँउपचार सम्भव नभएकाविरामीलाई नोबेल अस्पताल ल्याई उपचार गरेर घर पुर्याउँने व्यवस्थापनि डा.शर्माले नै मिलाइदिएका छन् । एम्बुलेन्स क्याम्पबाट विपन्नविरामीहरु बढीलाभान्वितभएका छन् ।