शुक्रबारेमा निशुल्क आँखा शिविर सम्पन्न

सुन्दरहरैचा ११ नं वडा शुक्रबारेमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । सुन्दरहरैचा नगरपालिका वडा नं ११ को आयोजना तथा नेपाल नेत्र ज्योति संघ इटहरी आँखा अस्पतालको प्राविधिक सहयोगमा निशुल्क आँखा चेक जाँच तथा मोतिया विन्दुको सल्यकृया अप्रेसन सम्पन्न भएको हो ।
मकरधन सामुदायिक भवनमा सोमबार सम्पन्न शिविरमा १ सय जनाले निशुल्क आँखा चेक जाँच गराएका छन । २५ जनाको नेपाल नेत्र ज्योति संघ इटहरी आँखा अस्पतालमा मोतिया विन्दुको सल्यकृया अप्रेसन निशुल्क हुने वडा सदस्य जिवनाथ ढकालले जानकारी दिएका छन ।