सवारी दुर्घटनामा परि ३ जना घाइते, एकको अवस्था गम्भिर

पूर्वपश्चिम राजमार्गस्थित मोरङको पथरीशनिश्चरेमा सवारी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।

पूर्ववाट पश्चिम जाँदैगरेको मे १ च ६१२१ नंबरको कार र विपरित दिशावाट आउँदैगरेको को ४ प ९३६२ नंबरको मोटरसाइकल एकआपसमा जुध्दा मोटरसाइकलमा सवार रंगेली नगरपालिका वडा नं २ वस्ने २८ बर्षिय भक्त व. महतो, सोही ठाउँ बस्ने २३ वर्षिय श्यामकुमार यादव र १२ वर्षिय रवि महतो घाइते भएका छन् । घाइतेमध्ये भक्त वहादुर महतोको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय पथरीका डि.एस.पि वेदप्रसाद गौतमले जानकारी दिए । घाइते तिनैजनाको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । कार चालक झापाको गौरादह ७ बस्ने इन्द्रकुमार राजवंशिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।