नोबेलको ‘एम्बुलेन्स क्याम्प’ बाट असार महिनामा १४ हजार बिरामीको निःशुल्क उपचार

विराटनगर, १२साउन । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले मोरङको क्षेत्र नं.३ मा सञ्चालन गरेको ‘एम्बुलेन्स क्याम्प’ बाट असार महिनामा १४ हजार भन्दा बढी बिरामीको निःशुल्कउपचार गरिएको छ । ‘एम्बुलेन्स क्याम्प’ बाट बेलबारी, पथरी, वयरवन, विराटचौक र सुन्दरहरैंचाकाविभिन्न वडा तथा टोलहरुका १४हजार ५ सय ६३ बिरामीले निःशुल्कउपचार पाएकाहुन् ।
नोबेल अस्पतालका सञ्चालकएवं समाजसेवी डा.सुनिलशर्माले सो क्षेत्रकानागरिकको निःशुल्कउपचारका लागि ‘एम्बुलेन्स क्याम्प’ सञ्चालनगर्ने व्यवस्थामिलाइदिएकाहुन् । ‘एम्बुलेन्स क्याम्प’ बाट असार महिनामा१४३०जनाको मुटुको जाँच (इसीजी), २७६८जनाको रगत परीक्षण र २३३०जनाको भिडियो एक्सरे गरिएको नोबेल अस्पतालले जनाएको छ । दाँतमा समस्याभएका७४३जनाको दाँतखोलिएको छ । एम्बुलेन्स क्याम्पमाउपचार सम्भव नभएका८३७२ बिरामीलाई नोबेल अस्पताल ल्याएर उपचार गरिएको छ । जसमध्ये ४६२जनाको शल्यक्रियासमेत भएको छ ।
मोरङको क्षेत्र नं.३ मा २६ वडा छन् । एम्बुलेन्स क्याम्पसबाट २६ वटै वडाका नागरिकलाई सेवाप्रदानगरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । नोबेलले गत जेठ पहिलो सातादेखि एम्बुलेन्स क्याम्प सञ्चालनगर्न थालेको हो । जस अन्तर्गत शनिवारबाहेका हरेक दिनदुई टोली डाक्टरहरु टोलटोलमापुगेर त्यहाँ रहेका बिरामीहरुको उपचार गर्ने गरेका छन् । भिडियो एक्सरे, ल्याब टेष्ट र इसीजीगर्ने साधनसहित डाक्टरहरु गाउँगाउँमा जान्छन् र बिरामीको उपचार गर्ने गर्छन् । उपचार बापत बिरामीले कुनै शुल्कतिर्नु पर्दैन । डा.शर्माले नै निःशुल्कउपचारको व्यवस्थामिलाइदिएकाहुन् ।
एम्बुलेन्स क्याम्पमाउपचार सम्भव नहुँने बिरामीलाई नोबेल अस्पतालमा ल्याएर ५० प्रतिशत छुटमा उपचार गर्ने गरिएको छ । बिरामीलाई अस्पताल जान र घर फर्कन नोबेलले नै गाडीको व्यवस्थामिलाइदिएको छ ।
यता, वयरवन र विराटचौकमा छ्ट्टै शिविर सञ्चालन गरेर १४२ जना जेष्ठ नागरिकको मुटु तथाफोक्सो रोगको निःशुल्कउपचार गरिएको छ । अब बेलबारी र पथरीशनिश्चरेका जेष्ठ नागरिकको पनिमुटु तथाफोक्सो रोगको उपचार गरिने जनाइएको छ ।