राष्ट्रिय सभाबाट नागरिकता ऐनको संशोधन विधेयक पारित

राष्ट्रिय सभाबाट नागरिकता ऐनको संशोधन विधेयक पारित भएको छ । आज बिहीवार बसेको राष्ट्रिय सभाको दोस्रो बैठकले प्रतिनिधि सभाबाट पारित भएर आएको ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९’ बहुमतले पारित गरेको हो ।
राष्ट्रिय सभामा भएको छलफलपछि गृहमन्त्री बालकृष्ण खाणले सांसहरूको प्रश्नको जवाफ दिएपछि बैठकले विधेयक बहुमतले पारित गरेको हो । यसअघि साउन ६ गते शुक्रवार प्रतिनिधि सभाले यो विधेयक पारित गरेको थियो ।
अब यो विधेयक राष्ट्रिय सभाले प्रतिनिधि सभामा नै फिर्ता पठाउने छ र प्रतिनिधि सभाले राष्ट्रपति समक्ष पठाउने छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि यो विधेयक कार्यान्वयनमा आउनेछ ।
राष्ट्रिय सभाको अर्को बैठक २०७९ साउन २३ गते सोमवार दिउँसो १ बजेका लागि बोलाइएको छ ।