विराटचौकका जेष्ठ नागरिकको मुटु तथा फोक्सो रोगको निःशुल्क उपचार

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बिहीवारमोरङको सुन्दरहरैंचानगरपालिका–९ स्थित विराटचौकमा मुटु तथाफोक्सो रोग शिविर सञ्चालन गरेको छ । स्थानीय जेष्ठ नागरिक एकता समाजसँगको सहकार्यमा नोबेलले निःशुल्क स्वास्थ्यशिविर सञ्चालन गरेर जेष्ठ नागरिकको मुटु तथाफोक्सो रोगको उपचार गरेको हो ।
शिविरमा ६० बर्ष नाघेका बृद्ध–बृद्धाको मुटु तथाफोक्सोसँग सम्बन्धित रोगको परीक्षण र उपचार गरिएको छ । नोबेल अस्पतालका मुटुरोग विशेषज्ञ डा.राजेश नेपाल नेतृत्वको डाक्टरहरुको टोलीले १६६जना जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेको हो । त्यस्तै ११७जनाको इको जाँचपनिगरिएको छ । जटिल समस्याभएका कारण शिविरमाउपचार सम्भव नभएका४४ जना जेष्ठ नागरिकलाई अस्पताल रेफर गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।
रेफर गरिएका बिरामीलाई नोबेलको बसद्वारा नै अस्पताल लगेर निःशुल्कउपचार गरेपछि घर पुर्याउँने व्यवस्थामिलाइएको छ । नोबेल अस्पतालले ग्रामीण क्षेत्रकाविपन्न बिरामीलाई लक्षित गरी निःशुल्कस्वास्थ्यशिविर सञ्चालनगर्दै आएको छ । जसका कारण लाखौं बिरामीलाभान्वितभएका छन् ।
यो स्थानमोरङको क्षेत्र नंम्बर ३ मा पर्छ । जहाँ नोबेल अस्पतालका सञ्चालनसमेत रहेका डा. सुनिलशर्मा गतप्रतिनिधि सभानिर्वाचनमा नेपालीकांग्रेसको तर्फबाट उमेदवार बनेका थिए । उनी नेकपाएमालेका उमेदवार भानुभक्त ढकालसँग पराजितभए । पराजितभएर पनिउनीनिरन्तर जनताको सेवामालागि रहेका छन् ।
यसअघि नोबेलले मोरङको वयरवनगाउँपालिका–६ स्थित रमाइलोमानिःशुल्क स्वास्थ्यशिविर सञ्चालन गरेर १७० जनाजेष्ठ नागरिकको मुटु तथाफोक्सो रोगको उपचार गरेको थियो । अब पथरीशनिश्चरे र बेलबारी नगरपालिकामापनि यस्तो शिविर सञ्चालनगरिने नोबेलले जनाएको छ । यसबाहेक क्षेत्र नंम्बर ३ मा नोबेलका स्वास्थ्यकर्मीहरुको दई वटा टोली परिचालनभएर नियमित रुपमानिःशुल्क स्वास्थ्य सेवाप्रदानगरिरहेका छन् ।