नोबेलले सुरु गर्यो ‘टोकन सिस्टम’

विराटनगर ।विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले विरामीहरुको सहजताकालागिअस्पतालमा ‘टोकन सिस्टम’लागू गरेको छ । विरामी र विरामीकाआफन्तलाई अस्पतालमा पूर्जी काट्दा लाइनमाउभिनुपर्ने झन्जटबाट मुक्तगर्न नोबेलले टोकन सिस्टम सुरु गरेको हो ।
अहिले पहिलो चरणमापुर्जी लिने ठाउँमा यो सिस्टम लागू गरिएको छ । त्यहाँविरामीले टोकन नम्बर लिएर कुर्सीमा बस्ने गर्छन् र स्क्रीनमाआफ्नो नम्बर देखाएपछि काउन्टरमागएर पुर्जी लिने गरेका छन् । पहिले विरामीको चापका कारण लामो समयसम्मलाइनमाउभिनुपर्ने बाध्यताथियो ।
विरामी र विरामीकाआफन्तको सहजताकालागिपूर्जी काउन्टरमा टोकन सिस्टम लागू गरिएको नोबेल अस्पतालका सञ्चालक डा.सुनिलशर्मा बताउँछन् । नोबेलले अन्य स्थानमापनियो सिस्टम लागू गर्ने तयारी गरेको छ ।
टोकन सिस्टम लागू भएपछि पुर्जी लिनविरामीले लाइनमाउभिएर पालो कुर्नुपर्ने वाध्यताको अन्त्यभएको छ । यो सेवा सुरु भएपछि धेरै सहजभएको विरामी र विरामीकाआफन्त बताउँछन् ।