सरकारले भुक्तानी नदिएपछि पूर्वका अस्पतालहरुले बन्दगर्दै स्वास्थ्यबीमा उपचार

विराटनगर । स्वास्थ्यबिमामार्फत विरामीको उपचार गरेबापत सरकारले अस्पतालहरुलाई भुक्तानीगर्नुपर्ने रकममहिनौंसम्म नदिएपछि पूर्वी नेपालका ठूला निजी अस्पतालहरुले सोमबारबाट स्वास्थ्यविमाबापतको उपचार सेवाबन्दगर्ने भएका छन् ।
विराटनगरस्थित नोबेल शिक्षण अस्पताल, मोरङको बुढिगंगास्थित विराट मेडिकल कलेज र झापाको विर्तामोडस्थित बीएण्डसी अस्पतालले एकैसाथ स्वास्थ्यबिमाकार्यक्रमबन्दगर्ने निर्णय गरेका हुन् । तीन वटै अस्पतालले विमाकार्यक्रमबन्दगर्ने भन्दै आइतवार सूचनाजारी गरेका छन् । आइतवार राती १२ बजेबाट विमामार्फतको उपचार सेवाबन्दगरिने अस्पतालहरुले जनाएका छन् । स्वास्थ्यविमाकार्यक्रममार्फत विरामीको निःशुल्कउपचार गरेबापत स्वास्थ्यविमाबोर्डले यीतीन अस्पताललाई १ अर्ब ४५ करोड रकमभुक्तानीगर्न बाँकी छ । नोबेलको ५५ करोड, विराटको ४६ करोड र बीएण्डसीको ४४ करोड रकम स्वास्थ्यबीमाबोर्डले भुक्तानी गरेको छैन ।
सरकारले अस्पतालहरुलाई बीमामार्फत उपचार गर्न लगाएर करोडौं रकमभुक्तानी नदिएपछि बाध्यभएर स्वास्थ्यबिमाको उपचार सेवाबन्दगर्नु परेको नोबेल अस्पतालका सञ्चालक डा.सुनिलशर्माले बताए । ‘सरकारले करोडौं रकममहिनौंसम्मभुक्तानीनदिदा अस्पतालहरु धरासायीबन्दै गएका छन्, कर्मचारीहरुलाई समयमै तलबखुवाउँन सकिएको छैन, अन्यभुक्तानीहरु रोकिएका छन्, उपचार सेवा नै प्रभावितहुँने अवस्थाबनिसकेको छ,’ डा.शर्माले भने, ‘सरकार यो बिषयमागम्भीर बनेन, अरु उपायनलागेपछिहामीले बाध्यभएर बीमाबापतको उपचार रोक्ने निर्णय लिएका छौं ।’
आर्थिक बर्ष २०७९÷८० को बजेट वक्तब्यमा २०७९ साउन १ गतेबाट सरकारी तथा सामुदायिक स्वास्थ्यप्रदायक संस्थाबाट मात्रै स्वास्थ्यविमाकार्यक्रमउपलब्ध गराउँने भनिएको थियो । तर, त्यसपछि अस्पतालहरुलाई कुनै आधिकारीक कुरा नआएकाले अब स्वास्थ्यविमाबापतउपचार गर्दा त्यसको भुक्तानीप्राप्तहुँने वानहुँने अन्यौल भएकाले पनिविमाकार्यक्रमबन्दगर्नु परेको डा.शर्मा बताउँछन् । बाध्यभएर स्वास्थ्यविमाकार्यक्रमबन्दगर्नु परेको भन्दै नोबेलले आइतवार स्वास्थ्यबीमाबोर्डलाई पनिपत्र पठाएको छ ।
‘बीमा क्लेम अनुसारको रकम समयमाप्राप्तनहुँदा अस्पतालले आर्थिक व्यवस्थापनमा ठूलो कठिनाइ भोग्दै आइरहेको छ । कर्मचारीको तलब, बिभिन्न सप्लायर्सहरुको वाँकीवक्यौता, बैंकको ऋणको किस्तातथाव्याज, राज्यलाई भुक्तानीगर्नुपर्ने कर लगायत समयमाभुक्तानीगर्न समस्याभएको छ,’ नोबेलले स्वास्थ्यबीमाबोर्डको विराटनगरस्थितप्रदेश कार्यालयलाई पठाएको पत्रमाभनिएको छ, ‘बीमा क्लेम बापतको भुक्तानीनभएसम्म र सरकारले नीजि स्वास्थ्य संस्थाबाट पनि स्वास्थ्यबीमाकार्यक्रमप्रदानगर्ने निस्चितनगरेसम्म स्वास्थ्यविमाकार्यक्रमको उपचार सेवा स्थगनगरिएको छ ।’
सर्वसाधरण जनताको उपचारमा सरकार लापरबाहबन्दानिजी अस्पतालहरुले भटाभट स्वास्थ्यविमाको उपचार सेवाबन्दगर्ने स्थिती बनेको विराट मेडिकल कलेजका सञ्चालक डा.ज्ञानेन्द्रमानसिंह कार्की बताउँछन् । ‘स्वास्थ्यबीमाले सर्वसाधरण जनताहरुलाई उपचारमा धेरै सजिलो भएको थियो, तर सरकार जनताको मामिलामागम्भीर नबन्दा अस्पतालहरुले उपचार रोक्नुपर्ने अवस्था बनेको छ,’ डा.कार्की भन्छन्, ‘सरकारले विमाको भुक्तानीनदिदाकर्मचारीहरुलाई तलबखुवाउँन सकिएको छैन, कर्मचारीहरुले जागिर छोड्न थालिसके, हामीले बाध्यभएर बीमाउपचार रोक्नु परेको छ ।’
यता, बिएण्डसीका सञ्चालकदुर्गा प्रसाई जनताको उपचार सेवाप्रभावितनगरौं भन्दाभन्दै पनि केहीउपायनलागेपछि स्वास्थ्यविमाकार्यक्रमको उपचार बन्दगर्नुपर्ने अवस्था बनेको तर्क गर्छन् । निजी क्षेत्रबाट सञ्चालितपूर्वका तीन ठूला अस्पताल, नोबेल, विराट र बिएण्डसीमा दैनिकहजारौं विरामीले स्वास्थ्यविमाबापतनिःशुल्कउपचार गराउँदै आएकाथिए । अब, यो सेवाप्रभावितबन्ने भएको हो । स्वास्थ्यबिमाकार्यक्रमबन्दभएपनिशुल्कतिरेर गरिने उपचार सेवाभने सूचारु हुँने अस्पतालहरुले जनाएका छन् ।
सरकारले प्रति परिवार बार्षिक ३ हजार ५ सय रुपैयाँलिएर स्वास्थ्यविमा गरी परिवारका पाँचजना सदस्यलाई बार्षिक १ लाख बराबरको निःशुल्कउपचारको व्यवस्थामिलाउँदै आएको छ । यसबाट सर्वसाधरणले स्वास्थ्यउपचारमा ठूलो राहत महसुस गरेका छन् । स्वास्थ्यविमाबापतको उपचारका लागि सरकारले देशभरका ४५० स्वास्थ्य संस्थासँग सम्झौता गरेको छ । तर, उपचार गरेबापत सरकारले स्वास्थ्य संस्थाहरुलाई दिनुपर्ने भुक्तानी समयमै नदिँदा यो सेवाप्रभावितबन्दै गएको हो ।