ईलाममा रुखले किचेर बृद्धको मृत्यु

ईलाम ।
ईलाम माई नगरपालिका ५ धोबिखोला बस्ने ८२ बर्षीय प्रेम बहादुर आङदम्बे लिम्बुको रुखले किचेर मृत्यु भएको छ ।
पानी सँगै आएको हावाहुरिले घर नजिकै रहेको सखुवाको रुख ढलि बाँसको टाँटी टिनको छानो भएको घर किच्दा सोही घरमा सुतिरहेका बृद्ध लिम्बुको घटनास्थलमा नै मृत्यु भएको थियो ।
घटनाको जानकारी पाए लगत्तै प्रहरी चौकी दानाबारी र जिल्ला प्रहरी कार्यालय ईलामबाट प्रहरी टोली खटि गई कानुनि प्रकृया तथा अनुसन्धान भइरहेको छ ।