गाँजा बरामद

सुनसरी ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–६ सिसौली स्थितबाट प्रहरीले अवैध लागुऔषध गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीे टोलीले सप्तकोशी नदीको दुईवटा भङ्गालो बिच टापुमा लुकाई छिपाई राखेको अवस्थामा १२२ किलोग्राम (५ बोरा) अवैध लागुऔषध गाँजा फेला पारेको हो ।
उक्त फेला परेको गाँजालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याई राखिएको र ओसार पसारमा समलग्न ब्यक्तिहरुको खोजतलास तथा अन्य अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।