साफ यू–२० च्याम्पियनसिपका लागि नेपाली टोली त्यसतर्फ प्रस्थान

भारतको भुवनेश्वरमा आयोजना हुने साफ यू–२० पुरुष च्याम्पियनसिपका लागि नेपाली युवा टोली त्यसतर्फ प्रस्थान गरेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली यू–२० टोलीलाई शुक्रबार एक कार्यक्रमकाबीच सफलताको शुभकामनासहित बिदाई गरेको छ । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, संघका अध्यक्ष पंकज विक्रम नेम्वाङ, महासचिव किरण राई, वरिष्ठ उपाध्यक्ष वीर बहादुर खड्का, उपाध्यक्ष दिपक खतिवडा, कोषाध्यक्ष रविन्द्र जोशी, सदस्य महेन्द्र बहादुर क्षेत्री, सरिला श्रेष्ठ र वृन्दा देवान लगायतले बिदाई गरे ।
च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ । नेपालले २५ जुलाईमा माल्दिभ्ससँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ । नेपालले श्रीलंकासँग जुलाई २७ मा, भारतसँग जुलाई ३१ र बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिस्पर्धा गर्नेछ । च्याम्पियनसिपको सबै खेल भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुनेछ ।




Leave a Reply

Your email address will not be published.