करेन्ट लागेर १ जनाको मृत्यु

संखुवासभा ।
संखुवासभाको चैनपुर नगरपालिका–६ स्थितमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । चैनपुर–६ स्थित बरुण हाईड्रोपावरको ३३ केभि प्रसारण लाईन मर्मत गर्ने क्रममा उक्त हाईड्रोपावरका प्लान अप्रेटर राप्ती गाउपालिका–३ दाङका २५ बर्षीय दिपक न्यौपानेलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाईते भएका न्यौपानेलाई तत्काल उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय चैनपुरबाट थप अनुसन्धान भईरहेको छ ।