सवारी दुर्घटनाबाट १ जनाको मृत्यु १ घाईते

सुनसरी ।
सुनसरीको कोशी गाउँपालिका–४ स्थित भित्रि सडक खण्डमा ट्रयाक्टरको ठक्करबाट १ जनाको मृत्यु भएको छ भने १ घाईते भएका छन । को.२ त २१५८ नम्वरको ट्रयाक्टरले बिपरित दिशाबाट आउदै गरेको को.२८ प ९३९९ नम्वरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार रहेकि देवानगंज गाउँपालिका–४ कि ५५ बर्षीया जयमुन खातुनको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाईकल चालक मृतककै छोरा २५ बर्षीय जुमरात मिया घाईते भएकोमा जिल्ला अस्पताल ईनरुवामा उपचार भईरहेको छ । ठक्कर दिने सवारी साधन र चालक ४६ बर्षीय शुभका मोचीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।