खोलाले बगाएर बेपत्ता भएका बालक मृत फेला

झापा ।
झापाको कनकाई नगरपालिका ८ मा रहेको पिकनिक स्पोटमा घुम्न आएका बालकको खोलाले बगाएर मृत्यु भएको छ । मृत्यु हुनेमा विर्तामोड नगरपालिका १ अतिथि सदन टोल बस्ने नविन ओलिको ६ बर्षीय छोरा सर्वजित ओली रहेका छन् ।
शुक्रबार दिउँसो १ बजे बुबासँग घुम्न आएका बालक बिरङ खोला छेउबाट हराई बेपत्ता भएका थिए । हराएका बालकको खोजतलास गर्ने क्रममा हराएको स्थानबाट ५०० मिटर दक्षीणमा बालकको मृत अवस्थामा भेटिएको थियो ।
घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भइरहेको छ ।