मोटरसाइकलको ठक्करबाट साईकल यात्रीको मृत्यु

सुनसरी
सुनसरीको इटहरी उपमहानगरपालिका –१२ चौकी मोड स्थित कोशी लोकमार्गमा मोटरसाइकलको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत बिहार घर भई हाल ईटहरी उपमहानगरपालिका –१२ स्थित रिलायन्समा काम गर्ने ५० बर्षीय लालु प्रसाद विस्वास रहेका छन् ।
उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको बागमति प्रदेश –०२–०३१ प ०६११ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेको साइकललाई ठक्कर दिई दुर्घट्ना हुँदा गम्भिर घाइते भएका साईकल यात्री विस्वासको बिराट टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
मोटरसाइकल चालक काठमाण्डौ नागर्जुन नगरपालिका –८ बस्ने २६ बर्षीय सुभाष तामाङ र पछाडी सवार संखुवासभा शभापोखरी गाँउपालिका ६ बस्ने २५ बर्षीया शिखा लिम्बु समेत घाईते भई खनार स्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल प्रहरी चौकी खनारको नियन्त्रणमा रहेको छ ।