बसको ठक्करबाट साईकल यात्रीको मृत्यु

सुनसरी ।
सुनसरी ईटहरी उपमहानगरपालिका १७ पकलि चौक स्थित पुर्ब पश्चिम राजमार्गमा बसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा रामधुनी नगरपालिका ५ का ७५ बर्षीय मंगलु चौधरी रहेका छन् ।
पश्चिमबाट पुर्ब तर्फ आउदै गरेको को १ ख ७७९५ नम्बरको बसले बाटो क्रस गर्दै गरेको साईकल यात्रीलाई ठक्कर दिदा गम्भिर घाइते भएका चौधरीको धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो ।
ठक्कर दिने बस र चालक ईलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा रहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।