करेन्ट लागी एक जनाको मृत्यु

उदयपुर ।
उदयपुर त्रियुगा नगरपालिका ३ ,मोतिगडा बस्ने २६ बर्षीय अजय मल्लिकको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ ।
अजय मल्लिक र उनको श्रीमति पुनिता मल्लिकले उनकै बहिनि शोभा मल्लिकको घरबाट करेन्ट सहितको तार टागि सोही स्थानमा रहेको गुहे खोलामा घरबाट बिजुलीको तार लगी करेन्ट लगाई माछा मार्ने क्रममा आफैंलाई करेन्ट लागी बेहोस भएका अजयको उनकै श्रीमतीले जिल्ला अस्पताल उदयपुरमा ल्याई उपचार गराउने क्रममा मृत्यु भएको हो ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।