सिंहदेवी शैक्षिक उन्नयन अक्षयकोषमा १ लाख ३६ हजार १ सय २० प्रदान

मोरङको बेलबारी २ मा रहेको सिंहदेवी शैक्षिक उन्नयन अक्षयकोषमा दुई जनाले १ लाख ३६ हजार १ सय २० प्रदान गरेका छन । बेलबारी २ निवासी कुमार प्रसाद दाहालले एक लाख २५ हजार र चेतनाथ दुलालले ११ हजार १ सय २० अक्षयकोषमा जम्मा गरेका हुन ।
बुधबार एक कार्यक्रमका बिच अक्षय कोषका अध्यक्ष डिल्लीराम ढकाललाई उक्त रकमा प्रदान गरिएको हो । बेलबारी २ मा आर्थिक कठिनाईका कारण पढ्न नसकेका सिंहदेवी आधारभुत विद्यालयको शैक्षिक विकासकालागि अक्षयकोषको स्थापना भएको अध्यक्ष ढकालले बताए ।
अहिलेसम्म कोषमा ११ हजार १ सय ११ भन्दा बढि जम्मा गर्नेहरुको संख्या २१ पुगेको कोषका सचिव तिर्थ बहादुर न्यौपानेले जानकारी दिनुभयो ।