बेलबारी १ को अध्यक्षमा मणि पुलामी मगर बिजयी

बेलबारी १ को अध्यक्षमा मणि पुलामी मगर बिजयी भएका छन । मगरले निवर्तमान वडाध्यक्ष तथा एमालेका वडाध्यक्षका उम्मेदवार चक्र बहादुर खुलाललाई फराकिलो मतान्तरले पराजित गरेका हुन ।
वडाको अध्यक्षमा मगर सहित नेपाली कांग्रेसको यानल बिजयी भएको छ ।
खुल्ला वडा सदस्यमा बाबुराम खड्का,चन्द्र प्रकाश बस्नेत ,खुल्लामहिला वडा सदस्यमा सन्चमाया लिम्बु र दलित महिला सदस्य तर्फ हिमादेवी विश्वकर्मा सहित पुरै प्यानल बिजयी भएको हो ।