जुनियर ब्वाइजमा कौशलको जीत

काठमाडौंः कौशल एकेडेमीले १२ औं ओडिसी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा जीत हात पारेको छ ।

ओडिसी इन्टरनेसनल एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगितामा कौशलले निब्सलाई ८–५ ले पराजित ग¥यो । कौशलका रोजन विश्वकर्माले ४ स्कोर गरे ।

जुनियर ब्वाइजमै लक्ष्मीपुरले प्राञ्जलीलाई १६–८, लालीगुराँसले सेन्ट जोसेफलाई २०–१०, स्किब्सले बेलमाउन्टलाई १३–८, ग्रिनल्यान्डले सिर्जनालयलाई १०–४ र आयोजक ओडिसीले हिमालयलाई २६–३ ले हराए ।