मेयरमा महेन्द्र सुवेदीलाई भोट दिन समाजबादीको अपिल

बेलबारीमा जनता समाजबादी पाटीले मेयरमा नेपाली काँग्रेसलाई जिताउन अपिल गरेको छ । नगर प्रमुख पदका उमेद्वार महेन्द्र प्रसाद सुवेदीलाई समाजबादीको समर्थन रहेको जनाउदै मंगलबार विज्ञप्ति मार्फत चुनाव चिन्ह रुखमा मतदान गर्न संपुर्ण नेता, कार्यकर्ता, सुभचिन्तक, सुवेच्छुक जनसमुदायलाई अनुरोध गरेको हो ।
जसपा बेलबारी नगर समिति अध्यक्ष तिलक साङ्पाङ राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा वडा नं १ र ३ मा माओवादी केन्द्रसँग यथावत रहेको र अन्य पदमा भने मित्रवत स्वस्थ्य प्रतिस्पर्धा रहने उल्लेख गरिएको छ ।