बेलबारीमा एमालेलाई बिरासत जोगाउन धौधौ, काँग्रेस जित्नेमा ढुक्क

३० गते हुन लागिरहेकोे स्थानीय तहको निर्वाचनका लागि बेलबारी नगरपालिकाको नेतृत्व हत्याउनका लागि प्रमुख पाटिहरु मौन अवधिभन्दा केहि घण्टा अघिसम्म कोण सभा र घरदैलोमा व्यस्त रहेका छन । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी लगायतका दलहरु कोणसभामा व्यस्त रहेका छन ।
मंगलबार राति १२ बजे देखी मौन अवधि सुरु हुँदै गर्दा बेलबारीका राजनैतिक दलहरु आफ्नो नगरको कार्यकताहरुसँग तिब्र रुप पार्दै प्रचारप्रसारका लागि घरदैलो कार्यक्रममा व्यस्त भएका छन । मतदान गर्न ४८ घण्टा मात्रै बाँकी रहदा नगरको बाघडोर कस्ले समाल्ने भन्नेमा नगरबासीहरु चासो र चिन्ताका साथ नियालीरहेका छन ।
बेलबारी नगरपालिकामा प्रमुख २ दल बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । नेकपा एमाले आफ्नो बिरासत जोगाउने दाउमा छ भने नेपाली काँग्रेस बिरासत भत्काउने र सत्ताको बाघडोर समाल्ने रणनितिका साथ अगाडी बडेको देखिन्छ ।
नेपाली काँग्रेसले मेयरका उमेद्वार महेन्द्र प्रसाद सुवेदीलाई अगाडी सारेको छ भने नेकपा एमाले दिल प्रसाद राईलाई अगाडी बढाएको छ ।
२०७४ सालको स्थानीय तहको निर्वाचन देखि यता ०७९ सम्म आईपुग्दा बेलबारी नगरपालिकाको मत परिणाम बदलिएको छ ।
एमालेको पार्टी भित्रको अन्तरिक किचलोले निम्त्याएको फुटका कारण बेलबारी नगरपालिकाको मत परिणाम बदलिएको छ । विगतका दिनमा एमालेलाई भनेर खस्ने २ हजार पाँच सय भन्दा बढि मत एकिकृत समाजवादीलाई जाने आंकल रहेको छ ।
समाजबादीले स्थानीय भुपाल बस्नेतलाई मेयरको उमेद्वार बनाएको छ । एकिकृत समाजबादी बेलबारीका इन्चार्ज कमल कोइरालाको भनाइलाई मान्ने हो भने हरेक वडामा दुई सयको दरले आफ्नो मत रहेकोले २ हजार ५ सय हाराहारी मत ल्याउने दावी गर्छन ।
साबिक कसेनी, डाँगीहाट र बेलबारी सहित तीन पालिकामा एमालेले जित्दै आएको भए पनि पछिल्लो समयको मत परिणामको आंकलन अनुसार एमालेले विरासत जोगाउन सक्ने अवस्था कमै रहेको कोइराला बताउछन । एमालेलाई नै भनेर जाने २ हजार ५ सय मत समाजबादीमा जाने देखिन्छ ।
नेपाली काँग्रेसका बेलबारी नगर निवर्तमान सभापति सम्भु भटराईको भनाई अनुसार बेलबारीमा काँग्रेसले जित्ने पक्का जस्तै छ । काँग्रेसका उमेद्वार सुवेदी बिभिन्न समाजिक कार्यमा सक्रिय रहेकाले पनि काँग्रेसको जीत सुनिश्चित रहेको भटराईको दावी छ ।
सुवेदी बेलबारी नगरबासीको सुख दुखमा हरसमय साथ दिने व्यक्ति हुन । उनलाई धेरैजसो मानिसले मोदी बा समेत भनेर सम्बोधन गर्ने गर्दछन । उनि सरल र मिजासिलो स्वाभावका व्यक्ति हुन । सुवेदी नगरको ११ वटै वडामा चिरपरिचित व्यक्ति समेत हुन । अधिकाँस मतदातालाई नामलेनै बोलाउने गर्दछन । धेरैजसोले सुवेदीलाई मामा र बा ले सम्बोधन गर्ने गर्दछन । उनि बिबाह, बर्तबन्ध, मृत्युसँस्कार जस्ता कार्यहरु छुटाउदैन । रात बिहान नभनि सुबेदी समाजमा कोही बिरामी परेमा अस्पताल लैजाने जस्ता सामाजिक कार्यमा लागिरहेका हुन्छन । बेलबारी बहुमुखी क्याम्पस, भानु गुठी, भगवती उच्च माविमा अध्यापन आदि जस्ता दर्जनौ संघसस्थाहरुमा सुवेदीले नेतृत्व गरेको अनुभवका कारण जित्ने निस्चित रहेको भटराई बताउछन ।
बेलबारी नगर भित्रका १५ हजार भन्दा बढीको मेजर अप्रेसन र ४० हजार भन्दा बढिको निशुल्क स्वास्थ्य उपचार काँग्रेसको तर्फबाट भएको साथै ५ सय भन्दा बढि बिद्यार्थीलाई प्राबिधिक शिक्षा निशुल्क दिएको कारण पनि काँग्रेसलाई उक्त भोट आउने देखिएकाले आफ्नो पाटिले जित्ने भटराईको दावी रहेको छ ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा नं ११, १, २, ४ र ८ जस्ता एमाले र माओवादीका पकेट आदर क्षेत्रहरु भए पनि सो क्षेत्र अहिले काँग्रेसको पकट एरिया रहेको कारण पनि सुवेदीले जित्ने तर्क भटराईको तर्क छ ।
संघिय समाजबादीले पनि मेयरमा काँग्रेसललाई सघाउने भएसँगै काँग्रैसलाई थप सहज भएको छ । बेलबारीका समाजबादीको ४ हजार ५ सय हाराहारी भोट रहेको छ ।
उता एमालेका नेताहरु भने काँग्रेसको भनाईलाई मान्ने अवस्थामा देखिदैनन । एमालेले गत स्थानीय निर्वाचनमा पनि जितेको हुनाले बिरासत जसरी पनि जोगाउने दाउमा एमाले देखिएको छ ।
लामो समयदेखि बेलबारीमा निजि बिद्यालय सन्चालन गर्दै आएका राईको पनि कुशलता र सक्षमताको हिसाबले धेरै जनताले एमालेबाट मेयरका उम्मेदवारलाई रुचाएको हिसाबले पनि एमालेले जित्ने सम्भावना रहेको एमाले नेताहरु बताउछन । एमालेकै नेताहरुको कुरालाई लिने हो भने पनि राई सामाजिक क्षेत्रमा सुवेदी भन्दा कम क्रियाशिल रहेका भएपनि पाटिमा भने सकृय नेताका रुपमा रहेका व्यक्ति हुन ।
आदिवासी जनजातिको मत राईलाई आउने भएकाले पनि आफ्नो पाटिले जित्ने एमालेका नेताहरु ढुक्क देखिन्छन तर काँग्रेस भने यो कुरामा विस्वास गर्दैन । काँग्रेसले अधिकाँस वडामा अध्यक्षको उमेद्वारमा आदिबासी जनजातिबाटै उठाएकाले एमालेले सोचेजस्तो नहुने र उक्त मत काँग्रेसलाई नै आउने काँग्रेका नेता रेख बहादुर तामाङ बताउछन ।
अघिल्लो निर्वाचनमा एमाले उम्मेदवार वर्तमान मेयर ज्ञानेन्द्र सुवेदी विजयी भएका थिए । उनले १० हजार ७ सय ८४ मत ल्याएर काँग्रेसका राजकुमार लिम्बूलाई हराउँदै बेलबारी नगरपालिकाको नेतृत्वको बागडोर सम्हालेका थिए ।
नेकपा माओवादीबाट नगेन्द्र खड्का र राप्रपा बाट ख्याम गौतमले पनि बेलबारीको मेयरमा उमेद्वारी दिएका छन ।