२४ घण्टामा दुई जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा दुई जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी एक हजार दुई सय ५४ जनाको नमूना परीक्षण गर्दा दुई जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै थप १६ जना निको भएसँगै कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ५० जनामा झरेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण कसैको पनि ज्यान गएन ।