जसपाले बेलबारीको मेयर पदमा काँग्रेसका महेन्द्र सुवेदीलाई सघाउने

बेलबारी ।
जनता समाजबादी पाटी बेलबारी नगर कमिटिले आसन्न निर्वाचनमा मेयर पदका लागि नेपाली काँग्रेसका उमेद्वार महेन्द्र सुवेदीलाई समर्थन गर्ने भएको छ ।
जनता समाजबादी पाटी र नेपाली काँग्रेस बेलबारी नगर समितिले आज बेलबारी ३ मा रहेको डिमल्याण्ड फन पार्कमा गरेको संयुक्त पत्रकार सम्मेलन मार्फत उक्त जानकारी दिएका हुन ।
जसपाका मेयरका उमेद्वार मिनु राईले उमेद्वारी दिएकी थिइन । ५ दलिय गठबन्धनलाई निरन्तरता दिनका लागि आफ्नो पाटिले मेयर पदबाट उमेद्वारी फिर्ता लिएर नेपाली काँग्रेसलाई सहयोग गरेको जसपाका प्रदेश नं १ सदस्य केदार धिमालले बताए ।
जसपाको बेलबारीमा ४ हजार ५ सय भन्दा बढि मत रहेको छ । उपमेयर लगायत अन्य वडामा भने मित्रवत व्यबहार गरि प्रतिस्पर्धा गर्ने जसपाका बेलबारी नगर अध्यक्ष तिलक राईले बताए ।