सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

झापा ।
झापाको कनकाई नगरपालिका–३ स्थित पुर्व पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । सडक छेउमा रोकि राखिएको ना.६ख ९०७९ नम्बरको ट्रकमा को. २३ प ४०४७ नम्बरको मोटरसाईकल अनियन्त्रित भई ठक्कर लागि दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक मोरङ उर्लाबारी नगरपालिका–७ का ५६ बर्षीय बुद्धकान्त सुबेदीलाई उपचारको लागी बि एण्ड सि अस्पताल बिर्तामोड लगिएकोमा अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेको हो ।
उक्त ट्रक र चालक मोरङ सुन्दरहरैचा–६ का ३१ बर्षीय हर्क बहादुर दर्जीलाई ईलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।