निर्माणाधिन भवनबाट लडेर १ जनाको मृत्यु

ईलाम ।
ईलामको सुर्योदय नगरपालिका–१२ करफोक माध्यमिक विद्यालयको निर्माणाधिन भवनबाट लडेर १ जनाको मृत्यु भएको छ । विद्यालयको ४ तले निर्माणाधिन भवनको माथि टिन (टस) लगाउने क्रममा भुईमा झरी घाईते भएका वारा जितपुर नगरपालिका–५ गकुलियाका २५ बर्षीय पुकार चौधरीलाई उपचारको लागि झापा वुधवारे स्थित सिटि हस्पिटल लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट थप अनुसन्धान भईरहेको छ ।




Leave a Reply

Your email address will not be published.