सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

ओखलढुङ्गा ।
ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–५ स्थित सिद्दिचरण राजमार्गमा सवारी दुर्घटनाट हुदा १ जनाको मृत्यु भएको छ । ओखलढुङ्गाको ठाडेबाट सदरमुकाम आउदै गरेको ग. १ त ३१२९ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट १० मिटर तल खसेर दुर्घटना हुदा घाईते भएका ट्याक्टर चालक सिद्धिचरण नगरपालिका–७ बिगुटारका २२ बर्षीय प्रेम लाक्पा शेर्पाको मिसन अस्पताल ओखढुङगामा उपचारको क्रममा मृत्यु भएको हो ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट थप अनुसन्धान भईरहेको छ ।




Leave a Reply

Your email address will not be published.