आगलागीबाट भोजपुरमा १ बालिकाको मृत्यु, २ घाईते

भोजपुर ।
भोजपुरको षडानन्द नगरपालिका–१४ बिहिबारे बजारमा आगलागि हुँदा बालिकाको जलेर मृत्यु भएको छ । उनका बुवा, आमा दुवै जना घाईते भएका छन । स्थानीय खेममणी तामाङको ढुंगा माटोले बनेको टिनको छानो भएको २ तले घरमा आगलागि भई घर पुर्णरुपमा नष्ट हुँदा निजको २ बर्षीया छोरी रेश्मा तामाङ आगोले जलेर घटनस्थलमा नै मृत्यु भएको र घर धनी खेममणी तामाङ, निजको श्रीमती मिना तामाङलाई आगोले पोली घाईते भएकोमा उपचारको लागि स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरान लगिएको छ । उक्त आगो फस्ट राईफल गण दिङ्लाबाट खटिएको नेपाली सेनाको टोली, नेपाल प्रहरी र स्थानियको सहयोगमा राती साढे २ बजे नियन्त्रण गरिएको थियो ।
आगलागिबाट खेममणी तामाङ र अर्जुन तामाङ समेतको २ वटा घर र घरमा भएको किराना पसल र कपडा पसल समेत पुर्णरुपमा नष्ट हुँदा अन्दाजी २ करोड ६० लाख २३ हजार बरावरको क्षति भएको ईलाका प्रहरी कार्यालय दिङलाले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान तथा कानुनि प्रकृया भईरहेको छ ।