काठमाडौंको बत्तिस पुतलीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । काठमाडौं महानगरपालिका–९ स्थित बत्तिसपुतलीमा सोमवार निःशुल्क स्वास्थ्यशिविर सञ्चालनभएको छ । स्थानीयगौथली बचत तथा ऋण सहकारी संस्था र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको सहकार्यमाशिविर सञ्चालनगरिएको हो ।
गोल्डेन गेट कलेजमा सञ्चालितशिविरमा केएमसीका डाक्टरहरुले ७५३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् । जसमध्ये १९३ जनाको भिडियो एक्सरे, १८९ जनाको रक्त परीक्षण र १३२ जनाको मुटुको जाँच (ईसीजी) गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । त्यस्तै २२ जनाको दाँतफुकालिएको छ भने शिविरमाउपचार सम्भव नभएका ४१ जनालाईअप्रेशनकालागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।
केएमसीले यसअघि शुक्रवार कपनमानिःशुल्क स्वास्थ्यशिविर सञ्चालन गरेर ९६२ जनाको उपचार गरेको थियो । केएमसीअध्यक्षको रुपमा डा.सुनिलशर्माको प्रवेशसँगै केएमसीले निःशुल्क स्वास्थ्यशिविर सञ्चालनलाई तीव्रतादिइरहेको छ । जसबाट लाखौं बिरामीलाभान्वितभएका छन् ।