नेपाल जिम्बोवे ए सँग ३ विकेटले पराजित

जिम्बोवे ए विरुद्ध पहिलो एकदिवसीय खेलमा घरेलु टोली नेपाल ३ विकेटले पराजित भएको छ । नेपालले दिएको १३७ रनको लक्ष्य जिम्बावे ए ले २६ ओभर खेल्दै ७ विकेट गुमाएर पूरा गर्यो ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३१.३ ओभरमा सबै विकेट गुमाएर १३६ रनको योगफल खडा गरेको थियो ।
दोस्रो एकदिवसिय अभ्यास खेल शनिबार हुनेछ । तीन टि२० सिरिज भने १–१ को बराबरीमा सकिएको थियो । नेपाल पहिलो खेलमा ६ विकेटले पराजित हुँदा दोस्रो खेल वर्षाको कारण रद्द र तेस्रो खेलमा नेपाल ८ विकेटले विजयी भएको थियो ।