चट्याङले लागेर १ जनाको मृत्यु

ओखलढुङगा ।
ओखलढुङगाको खिजिदेम्बा गाउँपालिका–८ भुपिसुर्केका ७० बर्षीय जाङमु शेर्पाको चट्याङले लागेर मृत्यु भएको छ । आईतवार साँझ साँढे ६ बजेको समयमा घरमै बसिरहेका शेर्पालाई अचानक चट्याङले लाग्दा शेर्पाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।