दुर्गा साकोसको साधारण सभा सम्पन्न

इटहरीः दुर्गा बचत तथा ऋण सहकारी संस्थाले १७ औं साधारण सभा सम्पन्न गरेको छ ।

सो सहकारीमा ८ हजारभन्दा बढी शेयर सदस्य रहेको सञ्चालक समितिका अध्यक्ष कुबेर शर्माले बताए । केन्द्रीय बचत तथा ऋण सहकारी सङ्घका महासचिव चन्द्र ढकालको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा कोषाध्यक्ष बजरंगलाल अग्रवालले चालु आर्थिक वर्षमा ७ करोड ९५ लाख रुपैयाँ रुपैयाँ आम्दानी गर्ने लक्ष्य रहेको जनाए ।

संस्थाको पूँजी ७ करोड ३० लाख ७७ हजार रुपैयाँ रहेको छ ।