नोबेलका विद्यार्थीको खेलकुद उत्सव सम्पन्न

विराटनगर, १८ वैशाख । नोबेल मेडिकल कलेजमा सञ्चालित ‘नोबेल स्पोर्टस फियस्टा’ सम्पन्नभएको छ । चिकित्साशिक्षाअध्ययनगर्दै आएकाविद्यार्थीहरुले हरेक बर्ष सञ्चालनगर्दै आएको फियस्टा अर्थात खेलकुदउत्सवयसबर्ष ८ दिनसम्म सञ्चालनगरिएको हो ।
फियस्टामा फुटबल, भलिबल, क्रिकेट, कवडी, ब्याडमिन्टन, टेबलटेनिस, टगअफवार, चेस, लुडो क्यारेम, म्याराथन, पब्जी, फिफा र मिनिमिलेसियालगायतकरिव २० वटा प्रतियोगिताभएको आयोजक समूहकाविद्यार्थी अमन मेहताले जानकारी दिए । जसमध्ये पुरुष फुटबलतर्फ डाक्टरको समूहलाई पराजितगर्दै पीसीएलबिजयीबन्यो । पुरुष कवडीतर्फ डाक्टरको समूहबीलाई पछि पार्दै पीसीएल समूह नै बिजयीबन्यो । त्यस्तै कवडी महिलातर्फ वीडीएस समूहलाई पराजितगर्दै होस्टल समूहबिजयीभएको छ ।
यता, भलिबलमहिलामाहोस्टल समूहबिजयी बनेको छ भने पुरुषतर्फ सुरक्षा गार्डको समूहबिजयीभएको हो । पुरुषक्रिकेटमा डाक्टरहरुको समूहबीबिजयीभएको छ । यता, क्रिक्सलमहिलामा वीडीएस समूहलाई हराउँदै डाक्टरको समूहले जितहाँसिल गरेको छ । त्यस्तै पुरुष र महिलादुवै तर्फ भएको १०० मिटर म्याराथनमाएमवीवीएसकागिर्वाणकुमार बुढाथोकी र निशालिम्बु बिजयीभए ।
बिजयी टिम र खेलाडीलाई समापनकार्यक्रममा सिल्ड, मेडल र प्रमाणपत्र प्रदानगरिएको छ । सोहीअवसरमाविभिन्न साँस्कृतिककार्यक्रमपनि प्रस्तुतगरिएको थियो । यस बर्षको फियस्टा एमवीवीएस १३ औं व्याच, बीडीएस ८ औं व्याच र बीएस्सी नर्सिङ ८ औं व्याचले संयुक्त रुपमाआयोजना गरेका हुन् । नोबेलमा डीएम एमसीएच, एम्डी, एमएस, एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ, बीएनएस, बीपीटी, ल्याव टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाईजिन र डिफार्म संकायमाकरिव १ हजार ६ सय विद्यार्थी अध्ययनरत छन् ।