नेपाल जिम्बाब्वे ’ए’ सँग ६ विकेटले पराजित

जिम्बाब्वे ’ए’ सँगको पहिलो टी–२० अभ्यास खेलमा नेपाल ६ विकेटले पराजित भएको छ । नेपालले दिएको एक सय ८२ रनको लक्ष्य जिम्बाब्वेले चार विकेट गुमाएर १८ ओभर ५ बलमा भेटायो ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ८१ रन बनायो ।
नेपाल र जिम्बाब्वे ए ले तीन खेलको टी–२० क्रिकेट र तीन खेलको एकदिवसीय क्रिकेट खेल्ने तालिका छ ।
आईसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको तयारीका लागि नेपालले जिम्बाब्वे ’ए’ सँग शृङ्खला खेल्न लागेको हो ।