कपनमा केएमसीको स्वास्थ्यशिविर, नौ सय बिरामीको निःशुल्क उपचार

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–११ स्थित कपनमाशुक्रवार निःशुल्क स्वास्थ्यशिविर सञ्चालनगरिएको छ । गिरिजाप्रसाद कोइराला फाउण्डेशन र काठमाडौंको सिनमंगलस्थित काठमाडौं मेडिकल कलेजको सहकार्यमाशिविर सञ्चालनगरिएको हो ।
स्थानीयशारदा एकेडेमीमा सञ्चालनभएको शिविरमा ९६२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये १९३ जनाको रक्त परीक्षण, १६२ जनाको भिडियो एक्सरे र १५४ जनाको ईसीजीगरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । त्यस्तै २१ जनाको दाँतफुकालिएको छ भने शिविरमाउपचार सम्भव नभएका ३३ जनालाई थपउपचारका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।
केएमसीअध्यक्षको रुपमा डा.सुनिलशर्माको प्रवेशसँगै केएमसीले निःशुल्क स्वास्थ्यशिविर सञ्चालनलाई तीव्रतादिइरहेको छ ।