पौडी खेल्ने क्रममा बालकको मृत्यु

संखुवासभा ।
संखुवासभाको पाँचखपन नगरपालिका–३ बस्ने चन्द्रशेखर राईको १२ बर्षीय छोरा निश्चल राईको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । बुधवार दिउँसो साँढे १२ बजेको समयमा सभाखोलामा पौडी खेल्ने क्रममा डुबेर घाईते भएका राईलाई उपचारको लागी जिल्ला अस्पताल खाँदवारी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले तप अनुसन्धान गरिरहेको छ ।