माछा मार्ने क्रममा खोलामा डुबेर मृत्यु

धनकुटा ।
धनकुटाको चौबिसे गाउँपालिका–५ का ४५ बर्षीय प्रकाश माझीको माछा मार्ने क्रममा तमोर खोलामा डुबेर मृत्यु भएको छ । बुधवार अपरान्ह ५ बजे खोलामा माछा मार्ने क्रममा अचानक डुबेर मृत्यु भएको भन्ने खबर प्राप्त भएसंगै जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली खटि गई मृत शवको उद्धार गरी अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।




Leave a Reply

Your email address will not be published.