ब्राउनसुगर सहित २ जना पक्राउ

झापा ।
झापाको दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बुधवार दिउँसो बिर्तामोड नगरपालिका–४ का २६ बर्षीय प्रमोद शाहलाई लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।
शाहको घर कोठाबाट प्रहरीले २ ग्राम ३०० मिलिग्राम लागुऔषध ब्राउनसुगर, नगद ११ हजार ५४० र मोवायल सेट ७ थान समेत बरामद गरेको छ । यसैगरी बिर्तामोड नगरपालिका–४ को एक होटलबाट लागुऔषध ब्राउनसुगर सहित मेचीनगर नगरपालिका–१ का ३९ बर्षीय ओम चौधरी पक्राउ परेका छन् । लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले चौधरीलाई बुधवार अपरान्ह ४ बजे ९ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।