घरदैलो अभियानमा सक्रिय बने कोइराला

विराटनगर । असन्न स्थानीय तह निर्वाचनमा कांग्रेसबाट विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले ज्येष्ठ नागरिकहरुसँग छलफल गरेका छन् ।
घरदैलो अभियानका क्रममा कोइरालाले विराटनगर वडा नम्बर १,३ र ४ का ज्येष्ठ नागरिकहरु समक्ष भेटघाट गरी आर्शिवादसमेत लिएका छन ।
कोइरालासँगको छलफलमा ज्येष्ठ नागरिकले आफूहरुकै घरदैलोमा मेयरका उमेदवार आउँदा खुसी लागेको बताउँदै आर्शिवाद समेत दिएका छन् ।
विराटनगरकी बुधनीदेवी पासवानले आफूहरुको समस्याको विषयमा समेत सूचना लिन र सहयोग गर्न आग्रह गरिन । कोइरालाले आज तीनवटा वडामा घरदैलो अभियान संचालन गरेका छन् ।
ब्यानर र माइकिङसहितको टोली पोखरिया हुँदै वडाका विभिन्न बस्तीसम्म पुगेको थियो । उमेदवार कोइरालाले आफूले विराटनगरमा देखिने गरी काम गर्ने बताए । भने,“जनअपेक्षाअनुसार नै म अघि बढ्ने योजनामा छु ।” कार्यक्रममा कांग्रेस नेता तथा कार्यकर्ता उल्लेख्य उपस्थिति थियो ।
विराटनगर ४ का वडाध्यक्ष पदका उमेदवार संजय मण्डलले समेत घरदैलो अभियानलाई तीव्रता दिएका छन् । वडा नम्बर ३ का उमेदवार राजन न्यौपानेसहितको उमेदवारको टोलीले मत माग्ने र प्रचार प्रसार अभियानलाई तीव्रता दिएका छन् । विराटनगर १९ मा उदय राजवंशिको सहितको उमेदवारको घरदैलो गरिरहेको छ ।