मुलपानी क्रिकेट मैदानमा केएमसीको १०दिने निःशुल्क स्वास्थ्यशिविर

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७मुलपानीस्थितक्रिकेट मैदानमानिःशुल्क स्वास्थ्यशिविरको आयोजनागरिएको छ ।स्थानीयपब्लिकयुथक्लव र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको सहकार्यमादशदिने शिविर आयोजनागरिएको हो ।
क्रिकेट मैदानमामंगलवारदेखि प्रदेशस्तरीय क्रिकेट खेल सुरु भएको छ । खेलकाक्रममाखेलाडीलाई चोटपटक लाग्ने सम्भावना रहेकाले खेलाडीको उपचारका लागि केएमसीका ९ जना डाक्टरहरुको टोलीशिविरमा खटाइएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालल बताउँछन् । उनकाअनुसार खेल हेर्न आएकादर्शकहरुलाई पनि स्वास्थ्यमा समस्या देखिएनिःशुल्क स्वास्थ्य परीक्षण गरिन्छ ।
उक्तशिविरमा बिरामीको स्वास्थ्य परीक्षण पश्चात समस्यापत्तालागेपछि औषधिसमेत निःशुल्कवितरण गरिन्छ । खेलवैशाख २३ गतेसम्म सञ्चालनहुँने आयोजकले जनाएको छ । खेल अवधिभर नै केएमसीका डाक्टरहरुले खेलाडी र दर्शकको निःशुल्कउपचार गर्नेछन् ।
मंगलवार केएमसीले काठमाडौंको गैरीगाउँ सुकुम्बासी बस्तीमास्वास्थ्यशिविर सञ्चालन गरी ७५३ जनाको निःशुल्कउपचार गरेको थियो । केएमसीअध्यक्षको रुपमा डा.सुनिलशर्माको प्रवेश भएसँगै गतबर्षदेखि केएमसीले विभिन्नजिल्लामा स्वास्थ्यशिविर सञ्चालन गरेर हजारौं बिरामीको निःशुल्कउपचार गरिरहेको छ ।