काठमाडौंको गैरीगाउँ सुकुम्बासी बस्तीमा केएमसीको निःशुल्क स्वास्थ्यशिविर

काठमाडौं । काठमाडौं महानगरपालिका–९ स्थित गैरीगाउँ सुकुम्बासी बस्तीमा मंगलवार निःशुल्क स्वास्थ्यशिविर सञ्चालनगरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र स्थानीयलोयला सेकेन्डरी स्कूलको सहकार्यमाएकदिने शिविर सञ्चालनगरिएको हो ।

लोयला स्कूलमा सञ्चालनगरिएको शिविरमा केएमसीका डाक्टरहरुले ७५३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् । जसमध्ये १८९ जनाको भिडियो एक्सरे, १७८ जनाको रक्त परीक्षण र १२७जनाको ईसीजीगरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । त्यस्तै दाँतको समस्याभएर शिविरमाआएका ३७जनाको दाँतखोलिएको छ भने शिविरमाउपचार सम्भव नभएका २२ जनालाई अप्रेशनकालागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।
केएमसीअध्यक्षको रुपमा डा.सुनिलशर्माको प्रवेश भएसँगै गतबर्षदेखि केएमसीले विभिन्नजिल्लामा स्वास्थ्यशिविर सञ्चालन गरेर हजारौं बिरामीको निःशुल्कउपचार गरिरहेको छ ।