घट्यो शेयर बजारः वियरिस ट्रेन्ड हो कि अर्थमन्त्रीप्रतिको निराशा

विराटचोकः अघिल्लो साता यस वर्षकै न्यून बिन्दुमा झरेको शेयर बजार आज थप तल झरेको छ । बजार खुलेदेखि नै निरन्तर ओरालो लागेको बजार बन्द हुने समयमा आइपुग्दा दोहोरो अङ्कले तल झरेको हो ।

साढे १० अङ्कले घटेको बजारमा १ सय ६२ कम्पनीको शेयर ५ हजार २९ पटक किनबेच भएको थियो । जम्मा ९ लाख २९ हजार ७ सय ४४ कित्ता शेयर किनबेच हुँदा २८ करोड ५ लाख ३४ हजार ४ सय १५ रुपैयाँको शेयर किनबेच भएको छ । जम्मा २४ कम्पनीको शेयर मूल्य ० दशमलव ०८ प्रतिशतदेखि ४ प्रतिशतसम्म बढेको छ ।

आज कारोबारमा आएका सबै १२ ओटै समूहका उपसूचकमा रातो पोतिएको छ ।

नेप्से सूचक १० दशमलव ५४ अङ्क अर्थात् शून्य दशमलव ९४ प्रतिशतले तल झरेको छ । नेप्से १ हजार १ सय १० दशमलव ०८ अङ्कमा अडिँदा सेन्सेटिभ इन्डेक्स २ सय ४४ दशमलव ८६ अङ्कमा अडिएको छ । कारोबार रकममा एनएमबी बैंक, नेपाल बैंक र साना किसान विकास बैंक उच्च ३ स्थानमा रहेका छन् । कारोबार रकमका आधारमा चौथो स्थानमा रहेको स्ट्यान्डर्ड चार्टड बैंकसमेत ४ कम्पनीको १ करोडभन्दा बढी रुपैयाँको शेयर कारोबार हुँदा अन्य कम्पनीको कारोबार रकम ९५ लाख रुपैयाँभन्दा तल रहेको छ ।

अघिल्लो साता ५ दिन नै १० प्रतिशतका दरले शेयरमूल्य बढेको साल्ट ट्रेडिङ कर्पाेरेशनको आज १० प्रतिशत नै शेयरमूल्य घटेको छ । त्यस्तै गोर्खाज फाइनान्सको ५ दशमलव ४१ प्रतिशत र प्रुडेन्सियल इन्स्योरेन्सको ५ दशमलव २६ प्रतिशतले शेयरमूल्य घटेको छ ।

दोहोरो अङ्कले घटेको बजारमा नेशनल हाइड्रोपावरको ४ प्रतिशतले मूल्य बढ्दा अपि पावरको ३ दशमलव ८८ र लक्ष्मी लघुवित्तको ३ दशमलव ०७ प्रतिशतले मूल्य बढेको छ ।