लोहान्द्रा खोलामा डुवेर युवकको मृत्यु

मोरङ ।
मोरङको ग्रामथान गाउँपालिका–४ स्थित लोहान्द्रा खोलामा डुबेर एक युवकको मृत्यु भएको छ । हिजो दिउँसो साढे ३ बजे स्थानिय ३० बर्षीय बसन्त माझी खोलामा पसेर बालुवा निकाल्ने क्रममा पानीमा डुबी मृत अवस्थामा फेला परेका थिए ।
घटना स्थलमा तत्काल इलाका प्रहरी बेलाबारीबाट प्रहरी अधिकृत सहितको टोली खटि मृतकको पोष्टमार्टमको लागि कोशी अस्पताल बिराटनगर पठाएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।